प्रज्जवल थापा । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने खेलहरु कुवेतमा हुने भएको छ । शुक्रबार एसियन फूटबल कन्फडेरेसन(एएफसी) ले नेपालका बाँकी खेल कुवेतमा हुने जनाएको हो ।
कोरोना महामारीले अन्तराष्ट्रिय यात्रामा भएको प्रतिबन्धको कारण समूह ‘बी’ अन्तर्गतका बाँकी सबै छनोट खेलहरु तथष्ट मैदानमा हुन लागेको हो । छनोट खेल अगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ । प्रतियोगितामा नेपालले चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डानसँग खेल्न बाँकी रहेको छ ।
नेपालले ५ खेलमा एक जित निकाल्दै मात्र ३ अङ्क जोडेको छ ।
