प्रज्जवल थापा । भारत र इङ्ल्याण्डबिच हुने पाँच खेलको टि-२० सिरिज आजबाट अहमदाबादमा शुरु हुँदैछ । पहिलो टि-२० खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शुरु हुनेछ ।
नरेन्द्र मोदी रंगशालामा हुने खेल जित्दै दुवै टोली जितसहित सिरिजको शुरुवात गर्न चाहन्छन् । यसअघि दुई टोलीबिच भएको चार खेलको टेस्ट सिरिजमा भारत ३-१ ले विजयी भएको थियो । टेस्ट सिरिजमा शानदार नतिजा निकालेको भारत टि-२० मा पनि त्यही लयलाई निरन्तरता दिन चाहन्छ । त्यसैले आजको खेलमा टोली उच्च मनोबलसहित मैदान उत्रिनेछ ।
यता इङ्ल्याण्डपनि टेस्ट सिरिजमा भोगेको लज्जास्पद हारको बदला लिन चाहन्छ । टेस्ट सिरिज खेलेका केहि खेलाडी घर फर्किसकेका छन् । त्यसैले टि-२० सिरिजमा केही नयाँ अनुहार देखिनेछ । बिग बासमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई इङ्ल्याण्डले टोलीमा समेटेको छ ।
दुई टोलीबिच भएको १४ टि-२० खेलमा दुवै टोलीले ७/७ खेल जितेका छन् ।

भारतको सम्भावित प्लेइङ ११:- रोहित शर्मा, केएल राहुल, विराट कोहली(कप्तान), श्रेयस आयर, ऋषभ पन्त(विकेटकिप्पर), हार्दिक पाण्डय, वासिङ्टन सुन्दर/अक्सर पटेल, भुवनेश्वरकुमार, शार्धुल ठाकुर/दिपक चाहर, युज्वेन्द्र चहाल, नवदिप सैनी

इङ्ल्याण्डको सम्भावित ११:- जेसन रोए, जोस बट्लर, डेविड मालन, जोनि बैर्स्ट्रो, इयोन मोर्गान, बेन स्टोक्स, मोइन अली, साम कुरान, क्रिस जोर्डान, जोफ्रा आर्चर, अदिल रसिद
