आइभरी कोस्टका प्रधानमन्त्री हामेदको निधन

पश्चिम अफ्रिकी मुलुक आइभरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको बुधबार जर्मनीमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित प्रधानमन्त्री हामेदको जर्मनीको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आइभरी कोस्टका राष्ट्रपति अलास्साने औटाराले ट्वीट गर्दै जर्मनीमा अर्बुद रोगको उपचार गराइरहेका प्रधानमन्त्री हामेदको बुधबार निधन भएको र यसबाट मुलुक शोकमा डुबेको बताउनु बताएका छन् ।

उनले ५६ वर्षीय प्रधानमन्त्री हामेदले देशका लागि पूर्ण लगनशीलताका लागि कार्य गर्नु भएको र युवाका लागि मोडेल नै रहेको भन्दै हामेदको निधनबाट मुलुकले एक प्रतिभाशाली राजनीतिज्ञ गुमाएकामा दुःख प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *