भारत निर्वाचित तानाशाहीमा परिवर्तन भएको आरोप

स्वीडनस्थित भेराइटी अफ डिमोक्र्यासिज इन्स्टिट्यूटको एउटा प्रतिवेदनमा विश्वभरि सबैभन्दा ठूलो प्रजातन्त्रका रूपमा चिनिएको भारत अब निर्वाचित तानाशाहीमा परिवर्तित भएको जनाइएको छ ।

सन् २०१४ मा भएको निर्वाचनमा हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीले जितेपछि उसले हिन्दू राष्ट्रवादी एजेन्डा पछ्याएदेखि यो प्रक्रिया सुरु भएको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनमा भारतमा सञ्चारमाध्यम, प्राज्ञ एवं नागरिक समाजका स्वतन्त्रतालाई निकै हदसम्म कुण्ठित पारिएको जनाइएको छ ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले आलोचकहरूको मुख बन्द गर्न देशद्रोह, मानहानि तथा प्रतिआतङ्कवादका कानुनहरूको सहारा लिएको पनि प्रतिवेदनमा उल्लेख छ । भारत सरकारले विगतमा यस्ता प्रतिवेदनहरूलाई खण्डन गर्ने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *