बार्सिलोनालाई पराजित गर्दै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

प्रज्जवल थापा । क्याल्टन क्लब बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मन (पिएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति अन्तिम १६ अन्तर्गत भएको दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोकिए पनि समाग्रमा ५–२ गोल अन्तरको जित निकाल्दै पिएसजी अर्को चरणमा प्रवेश गरेको हो ।

क्याम्प नोउमा भएको पहिलो लेगमा पिएसजीले बार्सिलोनालाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । बुधबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा पिएसजीको लागि कालियन एम्बाप्पेले एक गोल गर्दा बार्सिलोनाको लागि लियोनल मेस्सीले गोल गरे । ३१ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई खेलमा अगाडि बढाएका थिए ।

३७ औं मिनेटमा मेस्सीले सुन्दर गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । पहिलो हाफको अतिरिक्त समयमा मेस्सी पेनाल्टीमा गोल गर्नबाट चुके । विपक्षी खेलाडीले ग्रिज्मनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन् । उनको पेनाल्टी पिएसजीका गोलरक्षक केलर नाभसले विफल परे । खेलमा बार्सिलोनाले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि नाभसलाई छिचोल्न सकेन । बाँकी समयमा थप गोल गर्न नसक्दा बार्सिलोना समाग्रमा ५(२ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *