बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

मधुवन–३ की २९ वर्षीया रेनुका सुनारलाई बुधबार घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले जानकारी दिए ।

नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको उनले जनकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *