‘बी’ डिभिजन लिगमा मध्यपुर युथसँग सातदोबाटो पराजित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत सोमबार भएको खेलमा सातदोबाटो युथ क्लब पराजित भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटो मध्यपुर युथ एसोसिएशनसँग २–१ गोलअन्तरले पराजित भएको हो । सातदोबाटो पहिलोपटक प्रतियोगितामा पराजित भएको हो । मध्यपुरका लागि कैलाश लामिछाने र सन्नी लामाले एक/एक गोल गरे ।

यस्तै सातदोबाटोका लागि सान्त्वना गोल माल्डिना आङथुपुले गरे । खेलको २९औँ मिनेटमा मध्यपुरका कैलाश लामिछानेले पहिलो गोल गरेका हुन् । खेलको ५०औँ मिनेटमा मध्यपुरका माल्डिना आङथुपुले गोल फर्काए ।

खेलको ५८औँ मिनेटमा मध्यपुरका सन्नी लामाले दोस्रो गोल गरे । जीतसँगै मध्यपुरले १० खेलबाट १३ अङ्क जोडेको छ । मध्यपुर लिगको छैटौँ स्थानमा उक्लेको छ । यस्तै सातदोबाटो पराजित भएर पनि १० खेलमा २५ अङ्क जोडेर लिगको शीर्ष स्थानमा कायमै छ । सातदोबाटो ‘ए’ डिभिजनमा बढुवा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *