बेल र केन चम्केको खेलमा टोटेन्हामको शहज जित

प्रज्जवल थापा । ह्यारी केन र ग्यारेथ बेल चम्केको खेलमा टोटेन्हामले शहज जित निकालेको छ । इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटेन्हामले क्रिस्चल प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

हट्सपर रंगशालामा भएको खेलमा टोटेन्हामलाई जित दिलाउन ह्यारी केन र ग्यारेथ बेलले दुई/दुई गोल गरे । प्यालेसको लागि क्रिस्टेन बेन्टेकेले गरेको गोल सान्त्वनामा सिमित रह्यो । २५ औं मिनेटमा केनको पासमा बेलले गोल गर्दै घरेलुु टोलीलाई खेलमा अगाडि बढाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा बेन्टेकेले गोल गर्दै प्यालेसलाई बराबरीमा ल्याए ।

४९ औं मिनेटमा केनकै पासमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेन्हामलाई खेलमा फेरि अग्रता दिलाए । ५२ औं मिनेटमा म्याट डोर्टीको पासमा केनले गोल गर्दै टोटेन्हामको अग्रता दोब्बर बनाए । ७६ औं मिनेटमा सनको पासमा ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेन्हामलाई ४-१ गोलको शानदार जित दिलाए ।

जितसँगै टोटेन्हाम २७ खेलमा ४५ अङ्क जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *