प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक तीन बजेलाई सर्‍यो

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ । आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको उनले जानकारी दिएका छन् । सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको हो ।

अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने प्रवक्ता श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *