म्यान्चेस्टर डर्बीमा युनाइटेड विजयी, सिटीको विजयी यात्रा समाप्त

प्रज्जवल थापा । म्यान्चेस्टर सिटीको २१ खेलको विजयी यात्रालाई पुर्णविराम लगाउँदै युनाइटेडले म्यान्चेस्टर डर्बीमा शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले सिटीलाई २-० गोलले पराजित गरेको हो ।

इतिहाद रंगशालामा भएको खेलमा युनाइटेड जित दिलाउन ब्रुनो फर्नान्डेज र लुके शहले एक/एक गोल गरे । खेलको दोस्रो मिनेटमै फर्नान्डेजले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि बढाएका थिए । विपक्षी खेलाडी जेससले मार्सियललाई पेनाल्टी क्षेत्रमा लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियोे ।

यस्तै ५० औं मिनेटमा रासफोर्डको पासमा शहले गोल गर्दै युनाइटेडलाई २-० गोलको शानदार जित दिलाए । जितसँगै युनाइटेड २८ खेलमा ५४ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित सिटी समान खेलमा ६५ अङ्कको साथ शिर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *