घरेलु मैदानमा लिभरपुलको लगातार छैटौं हार

प्रज्जवल थापा । घरेलु मैदानमा लिभरपुलले लगातार छैटौं हार बेहोरेको छ । आइतबार बेलुकी भएको खेलमा लिभरपुल फुल्हामसँग १-० गोलले स्तब्ध भएको हो ।

एन्फिल्डमा भएको खेलमा फुल्हामलाई जित दिलाउन मारियो लेमिनाले निर्णायक गोल गरे । खेलको ४५ औं मिनेटमा लेमिनाले गोल गर्दै फुल्हामलाई अग्रता दिलाएका थिए । लिभरपुलले खेलमा गोल गर्ने थुप्रै अवसर पाएपनि बललाई जाली चुमाउन नसक्दा हार बेहोर्न बाध्य भयो । लिभरपुलले घरेलु मैदान एन्फिल्डमा गत डिसेम्बर १६ यता जित निकाल्न सकेको छैन ।

जितका बाबजुद फुल्हाम २८ खेलमा २६ अङ्क जोड्दै लिगको १८ औं स्थानमा यथावत छ । पराजित लिभरपुल २८ खेलमा ४३ अङ्क जोड्दै सातौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *