प्रचण्ड–नेपाल समूहले भन्यो-जबर्जस्ती गर्न खोजिए राम्रो हुँदैन

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले सर्वोच्चको फैसला अनपेक्षित र बढी राजनीतिक भएको बताएको छ । कानुन व्यवसायीसँगको छलफलपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसला बढी राजनीतिक भएको बताएका हुन् ।

उनले फैसलाबारे सोमबार स्थायी कमिटीको बैठक बसेर धारणा सार्वजनिक गर्ने बताए । हामीहरुको तर्फबाट नेकपा एमाले र माओवादी केन्द्र दर्ता नगरेको भन्दै अध्यक्ष प्रचण्डले यो विषयलाई फैसलासँग जोड्न नमिल्ने बताए । उनले यसलाई जबर्जस्ती जोड्न खोजिए राम्रो नहुने चेतावनी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *