सर्वोच्चको फैसलाको सम्मान गर्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । संसद भवन परिसरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको नामबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका हुन् ।

उनले आफूले फैसलाको पूर्ण पाठ हेर्न नभ्याएको तर फैसलाको सम्मान गर्ने बताएका हुन् । नेकपाको नाम विवादमा सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । योसँगै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको नाम खारेज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *