म्यान्चेस्टर डर्बीमा आज सिटी र युनाइटेड भिड्दै

प्रज्जवल थापा । म्यान्चेस्टर डर्बीमा आज म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड भिड्नेछन् । इङलिस प्रिमियर लिग अन्तर्गत हुने खेल नेपाली समय अनुसार राति १०:१५ बजे शुरु हुनेछ ।

घरेलुु मैदानमा हुने खेल जित्दै सिटी आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । सबै प्रतियोगितामा गरि सिटी पछिल्लो २१ खेलमा अपराजित रहेको छ । सिटी गत नोभेम्बर २१ देखि लिगमा अपराजित छ । २७ खेलमा ६५ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको सिटीले दोस्रो स्थानको लेस्चर सिटीमाथि १२ अङ्कको स्पष्ट अग्रता लिएको छ ।

यता युनाइटेडपनि आजको खेल जित्दै दोस्रो स्थानमा उक्लिन चाहन्छ । युनाइटेड लिगको पछिल्लो दुई खेलमा बराबरीमा रोकिएको थियो । युनाइटेड २७ खेलमा ५१ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको लेस्चर सिटी ५३ अङ्क सहित दोस्रो स्थानमा छ ।

दुई टोलीबिच भएको पछिल्लो २९ भेटमा सिटीले १३ खेल जित्दा युनाइटेडले १२ खेल जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *