आधिकारिकता दाबी गर्दै प्रचण्ड–नेपाल समूहले बुझायो संसद् सचिवालयमा पत्र

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले आधिकारिकता दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ । प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका सांसदहरुले सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमै पुगेर पत्र बुझाएका हुन् ।

प्रचण्ड–नेपाल समूहले दलको नेतामा अध्यक्ष प्रचण्डलाई चयन गरिएको जानकारी पनि सचिवालयलाई दिएको छ । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सकिएलगत्तै सांसद्हरु आधिकारिकता दाबी गर्दै संसद् सचिवालय पुगेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *