ओली समूह परित्याग गरी दुई सांसद प्रचण्ड–नेपाल समूहमा, अरु पनि आउने तयारीमा

काठमाडौं । नेकपाको केपी ओली समूहप्रति असहमति राख्दै प्रतिनिधिसभाका सांसदहरु प्रचण्ड–नेपाल समूहमा आउने लहर चलेको छ ।

यसअघि ओली समूहमा लागेका दुई जना सांसद ओली समूह परित्याग गरी प्रचण्ड–नेपाल समूहमा आएका छन् भने दुई जना सांसद ओली समूहप्रति असहमति राख्दै बैठकमा अनुपस्थित भएका छन् । विष्णु शर्मा (दाङ) र शान्ति पाख्रिन(दोलखा) प्रचण्ड–नेपाल समूहमा आएका छन् । सांसद बृजेश कुमार गुप्ता र धनबहादुर बुढा भने ओली समूहप्रति असन्तुष्टि जनाउँदै बैठकमा अनुपस्थित भएका छन् ।

उनीहरु प्रचण्ड–नेपाल समूहमा आउन लागेका बताइएको छ । सांसद शान्ति पाख्रिनलाई ओली समूहमै राख्न संचारमन्त्री पार्वत गुरुङ आज उनको निवासमा गएर तीन घण्टा बसेका थिए । तर पाख्रिनले विधि र प्रक्रिया नमान्नेसँग जान नसक्ने बताएपछि गुरुङ त्यसै फर्किएका थिए । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आजबाट संसद्को सातौँ अधिवेशन सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *