प्रचण्ड र नेपालद्वारा सभामुखसँग छलफल

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतले सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।

आइतबार बिहान प्रचण्ड र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन् । सभामुखसँग उनीहरुले आजको संसद बैठककाबारेमा छलफल गरेको बताइएको छ । प्रतिनिधिसभाको सातौं अधिवेशन आज अपरान्ह ४ बजे बस्दै छ ।

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि संसद् बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *