पाकिस्तानी प्रधानमन्त्री खानलाई संसदमा विश्वासको मत प्राप्त

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको जानकारी दिए ।

सभामुखका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत ल्याई पाकिस्तानी प्रधानमन्त्रीका रूपमा आफूलाई ताजा जनादेश रहेको पुष्टि गरेका छन् ।

राष्ट्रपतिले बोलाएको संसदको नयाँ अधिवेशनमा प्रधानमन्त्री रहिराख्न खानले आफूलाई प्रधानमन्त्रीमा साधारण बहुमत रहेको पुष्टि गर्नका लागि विदेशमन्त्री साह मोहम्मद कुरेसीद्वारा संसदको तल्लो सदन प्रस्तुत प्रस्ताव अनुमोदन भएसँगै उनलाई थप विश्वासका साथ काम गर्ने प्रोत्साहन मिलेको छ ।

तल्लो सदनमा सत्तारुढ पार्टीको बहुमतको बाबजुद पनि विपक्षी गठबन्धनका उम्मेदवारको नजिकको प्रतिस्पर्धामा उनका अर्थमन्त्री अर्थमन्त्री अब्दुल हफीज शेखलाई समर्थन गरेपछि पाकिस्तानी प्रधानमन्त्रीले विश्वासको मत पुष्टि गर्नुपर्ने अवस्था आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *