सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने केपी ओली समूहको तयारी

काठमाडौं । संसदीय दल, स्थायी कमिटी, केन्द्रीय कमिटी र सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नी सापकोटामाथि महाअभियोग लगाउने तयारी गरेका छन् ।

आफू सबैतिरबाट घेराबन्दीमा परेपछि ओलीले संसदलाई बन्धक बनाउन सभामुखमाथि महाभियोग लगाउने तयारी गरेका हुन् । सभामुखमाथि महाभियोग प्रस्ताव दर्ता गर्न २५ प्रतिशत संसद सदस्य आवश्यक पर्छ ।

श्रोतका अनुसार प्रधानमन्त्री ओलीले सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरी एक दुई दिनभित्रै अधिवेशन अन्त्यको तयारीसमेत गरेका छन् । सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपनि सभामुख निलम्बन हुने व्यवस्था संविधानमा छैन ।

सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपनि पास हुन दुई तिहाई बहुमत आवश्यक पर्छ । उनी आफू अनुकुल सभामुख नभएपछि यस्तो अभियानमा लागेका हुन् । ओली सभामुखले संसदमा सरकारले पठाएको विधेयक पेश नगरेको भन्दै असन्तुष्ट छन् ।

प्रधानमन्त्री ओलीले एमसीसीलगायतका विधेयक सभामुखले रोकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । किनकी ओली समूह संसदमा पनि अल्पमतमा छ । ओलीलाई यसमा अरु कुनै दलले साथ दिने अवस्था छैन ।

त्यसैले उनी आफ्नो पद केही लम्ब्याउन चाहन्छन् । यसैबीच प्रधानमन्त्री ओलीविरुद्ध पनि भोलिनै अविश्वास प्रस्ताव दर्ताको तयारी छ । नेकपाको प्रचण्ड–नेपाल समूह पनि यसकाबारेमा अन्य दलसँग छलफल गरिरहेको छ । त्यस्तै कांग्रेसका कतिपय सांसदले कांग्रेसले नै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेतृत्वलाई आग्रह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *