ओली समूहको संसदीय दलको बैठकमा ८१ जना सांसद उपस्थित

काठमाडौं । नेकपाको केपी ओली समूहको संसदीय दलको बैठकमा ८१ जना सांसद उपस्थित भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको दलको बैठकमा जम्मा ८१ सांसद उपस्थित भएका बैठकमा उपस्थित एक सांसदले जानकारी दिएका छन् ।

तर ओली नेता खिमलाल भट्टराईले आफूहरुको पक्षमा १ सय १५ जना सांसद रहेका बाहिर प्रचार गरेका थिए । तर ती सांसदले भने बैठकमा ८१ जना सांसद मात्र उपस्थित भएका जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा उत्साहजनक रुपमा अगाडि बढ्न सांसदहरुलाई निर्देशन दिएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देश र जनताको पक्षमा लागिरहेकाले आफूहरुकै जित हुने बताएका थिए ।

भट्टराईले कानुनी हिसाबले संसदीय दल विभाजन हुन कठिन भएको भन्दै आफ्नो पक्षबाट बाहिर गएका सांसदहरु समयक्रममा फर्किने विश्वास व्यक्त गरे ।

शुक्रबार नेकपाको प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठकमा आफ्नो पक्षमा बहुमत रहको दाबी गरेको थियो भने संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो । प्रतिनिधिसभाको आइबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *