राष्ट्रपतिबाट खातुनलाई बधाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा बधाई दिएकी छन् ।

राष्ट्रपति भण्डारीले आज अपराह्न ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिएकी छन् ।

एसिड आक्रमणमा परेकी वीरगन्ज छपकैयाकी खातुनलाई अमेरिकी विदेश मन्त्रालयले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसिक महिलाको पुरस्कार प्रदान गर्ने भएको हाे ।काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार खातुनले एसिड हमला अन्त्यका लागि उनले गरेको कामको सम्मान गर्दै यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा २०७६ सालमा एसिड आक्रमण गरेका थिए । दूतावासका अनुसार अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्नेछन् । यसअघि यो अवार्ड पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाईले पनि पाएकी थिइन् ।

याे पनि पढ्नुहाेस्, मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसिक महिलाको अवार्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *