काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द आज एकै मञ्चमा देखिने भएका छन् । त्यसका लागि महासचिव विप्लव आज काठमाडौं आउँदैछन् ।
बिहीबार सरकारसँग भएको तीन बुँदे सहमतिपछि विप्लव आज सार्वजनिक हुन लागेका हुन् । आज दिउँसो दुई बजे राष्ट्रिय सभा गृहमा सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने र कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ ।
तीन बुँदे सहमतिपछि सरकारले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्न सुरक्षा निकायलाई सरकारले निर्देशन दिइसकेको छ ।
