प्रज्जवल थापा । साविक विजेता लिभरपुलले घरेलु मैदानमा लगातार पाँचौ हार बेहोरेको छ । गएराति भएको खेलमा लिभरपुल चल्सीसँग १-० गोलले स्तब्ध भएको हो ।
एनफिल्डमा भएको खेलमा चेल्सीलाई जित दिलाउन मेसोन माउन्टले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा कान्टेको पासमा माउन्टले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले डिसेम्बर यता जित निकाल्न सकेको छ ।

जितसँगै चेल्सी २७ खेलमा ४७ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ । पराजित लिभरपुल भने २७ खेलमा ४३ अङ्क जोड्दै सातौं स्थानमा झरेको छ ।
