USAID

उत्कृष्ट पुनरागमन जित निकाल्दै बार्सिलोना कोपाको फाइनलमा

  • 835
    Shares

प्रज्जवल थापा । क्याल्टन क्लब बार्सिलोना उत्कृष्ट पुनरागमन जित निकाल्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । गएराति क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले सेभिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

यससँगै बार्सिलोनाले समाग्रमा ३-२ गोलको जित निकाल्दै फाइनलको टिकट काटेको हो । पहिलो लेगमा २-० गोलले पराजित भएको बार्सिलोना थप दबाबको साथ मैदान उत्रिएको थियो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्राथवेटले समान एक/एक गोल गरे । खेलको १२ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

हारको संघारमा पुगेको बार्सिलोनालाई दोस्रो हाफको अतिरिक्त समयमा ग्रिजमनको पास सदुपयोग गर्दै पिकेले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । यसअघि सेभिलाले खेलमा बराबरी गर्ने मौका चुकाएको थियो । ७३ औं मिनेटमा लुकास ओकम्पासले पेनाल्टीमा गोल गर्न सकेनन् । दोस्रो हाफको अतिरिक्त समयमा सेभिल्लाका फेर्नान्डो दोस्रो रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

अतिरिक्त समयको पाचौं मिनेटमा जोर्डी अल्बाको पासमा ब्राथवेटले गोल गर्दै बार्सिलोनालाई ३-२ गोलको अग्रता दिलाए । १०३ औं मिनेटमा लुके डि योङ रातो कार्ड खादै मैदान बाहिरिएपछि सेभिल्लाले बाँकी समय ९ खेलाडीमा रहेर खेलेको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ३-२ गोलले विजयी भएको हो ।

अब बार्सिलोनाले उपाधिको लागि एथ्लेटिक क्लब र लेभान्टेबिच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।


  • 835
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *