काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि केन्द्रीय कमिटी बैठक बसिरहेको हो ।
केन्द्रीय कमिटीको बैठक बस्नुअघि आजै स्थायी कमिटी बैठक बसेको थियो । फागुन २३ गते संसद बैठक आह्वान भैसकेकोले केन्द्रीय कमिटी बैठकले संसदमा प्रस्तुत हुने रणनीति तय गर्नेछ ।

