काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गर्न माग गरेका छन् । मंगलबार दिउँसो सामाजिक संजाल ट्विटरमार्फत अध्यक्ष थापाले कसैलाई पनि निषेध गर्न नहुने बताएका हुन् ।
अध्यक्ष थापाले लेखेका छन्, ‘नेकपा माओवादी विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो । यदि साँच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौं ।’

