प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा जारी

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बसिरहेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । प्रतिनिधिसभा बैठकको मिति नजिकिंदै गरेका बेला प्रचण्ड–नेपाल समूह छलफलमा जुटेको हो ।

प्रचण्ड–नेपाल समूहले प्रधामन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा साथ दिन यसअघि कांग्रेस, जनता समाजवादी पार्टीसँग छलफल गरिसकेको छ । जवाफमा दुबै दलले पहिला पार्टीको आधिकारिकता टुंगो लगाउन आग्रह गरेका छन् ।

बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैससा गरी १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि सरकारले २३ फागुनमा बैठक बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *