गृहमन्त्री थापाले आफ्ना स्वकीय सचिव बिरू तामाङलाई हटाए

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना स्वकीय सचिव बिरू तामाङ सुदीपलाई हटाएका छन्।

गृहमन्त्री थापाले आज तामाङलाई हटाएका हुन्।

तामाङलाई राष्ट्रिय युवा संघको कार्यसमिति बिस्तार गर्दा बहिष्कार गरेको र प्रचण्ड-नेपाल पक्षलाई सूचना चुहाएको आरोप बादलले लगाएका छन्।

‘उहाँले युवा संघमा असहज परिस्थिती बनाउन खोज्नुभयो। मिलेर जानुको सट्टा झगडा गर्न खोज्नुभयो,’ थापाको सचिवालय स्रोतले भन्यो, ‘यताको कुरा उता गर्ने अनि गोप्य कुरा चुहाएको आरोपमा उहाँलाई हटाइएको हो।’

संसद विघटन भएसँगै बादल केपी ओली समुहमा लागेका छन्।बादलसँगै तामाङपनि ओली समुहमा लागेका थिए।

केही समय पहिला भएको ओली निकट युवा सँघको नेतृत्व चयनमा तामाङले बहिष्कार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *