निगमको जहाजमा आएको समस्याबारे जाँचबुझ गर्न समिति गठन, पाइलटलाई उडानमा रोक

काठमाडौं । नेपाल वायु सेवा निगमले जहाजमा प्राविधिक समस्या आउँदा पनि जानकारी नगराउने पाइलटलाई उडानमा रोक लगाएको छ । निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले आइतबार विज्ञप्ति जारी गरी दोहाबाट काठमाडौं आएको ए २४० जहाज अवतरणका क्रममा हार्ड ल्याण्डिङ गरिएको थियो ।

त्यो विषय पाइलटले जानकारी गराउनुपर्नेमा नगराएका कारण पाइलटलाई फागुन १२ गतेदेखि उडानमा रोक लगाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिएकी छन् । सामान्यतया जहाजमा प्राविधिक समस्या आएपछि पाइलटले हरेक उडान र अवतरणका क्रममा भर्नुपर्ने रिपोर्टमा जानकारी गराउनुपर्छ ।

जहाजको समस्याबारे जानकारी नगराएको विषयमा जाँचबुझ गर्न निगमले वरिष्ठ क्याप्टेन युवराज कुमार भट्टराईको संयोजकत्वको क्याप्टेन विजय लामा, मनिषकुमार शाह तथा डम्बर रावत रहेको छानबिन समिति गठन गरेको छ । समितिले ११ फागुनदेखि नै काम थालेको र समितिले दिने प्रतिवेदनको आधारमा थप कारवाही गरिने निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *