प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा आज लण्डन क्लब चेल्सी र म्यान्चेस्टर युनाइटेड भिड्दैछन् । स्ट्रामफोर्ड ब्रिजमा हुने खेल नेपाली समय अनुसार राति १०:१५ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा हुने खेल जित्दै चेल्सी आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । नयाँ प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा चेल्सी अपराजित रहेको छ । चेल्सी लिगको पछिल्लो ५ खेलमा अपराजित रहेको छ । हाल चेल्सी २५ खेलमा ४३ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ ।
यता युनाइटेडपनि आजको खेल जित्दै शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँग अङ्क दुरि घटाउन चाहन्छ । युनाइटेड २५ खेलमा ४९ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको २६ खेलमा ६२ अङ्क रहेको छ । चेल्सी र युनाइटेडबिच भएको पछिल्लो ३२ खेलमा १२ खेल युनाइटेडले जितेको छ भने ११ खेल चेल्सीले आफ्नो पोल्टामा पारेको थियो ।
