बेल्जियमको नामूर जेलमा १३२ कैदीमध्ये आधा भन्दा धेरै संक्रमित

बेल्जियमको एक जेलमा रहेका आधा भन्दा धेरै कैदी कोरोना संक्रमित भएका छन्। बेल्जियमको नामूर जेलमा रहेको कुल १३२ कैदीमध्ये आधा भन्दा धेरै संक्रमित भएका हुन्।

जेलमा रहेका ११५ जना कर्मचारी मध्ये पनि आधा भन्दा धेरैलाई संक्रमण भएको छ। जेल प्रशासनका प्रवक्ता कैथलीन दे विजवेले स्थितिलाई अति गम्भीर भनेका छन्।

उनीहरुलाई क्वारिन्टिनमा राखिएको छ। उनीहरुलाई हिँड्न तथा नुहाउन अनुमति दिइएको छैन। तर शरीरलाई न्यानो बनाउने खालका खानेकुराहरु दिइएको जेल प्रशासनले जनाएको छ।

बेल्जियममा पछिल्लो चार महिनादेखि राति कर्फ्यू लगाइएको छ तर विद्यालयहरु भने खुला रहेका छन्। त्यहाँ कोरोना संक्रमण बढ्दो क्रममा छ।

हालसम्म बेल्जियममा कोरोना संक्रमणका कारण २२ हजार मानिसको मृत्यु भइसकेको छ भने ७ लाख ६६ हजार भन्दा धेरै संक्रमित भएका छन्।

कैदीहरुलाई उनीहरुका परिवारसँग भेटघाट गर्न रोक लगाएको छ। भेट गर्न नदिइएको भन्दै कैदीका आफन्तहरुले शनिबार जेलबाहिर प्रदर्शन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *