सबैले आत्मसमीक्षा गर्ने कि ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबै राजनीतिक दलका नेताले आत्मसमीक्षा गर्ने बेला आएको बताएका छन् । स्वास्थ्य परीक्षणका लागि भारतको नयाँदिल्लीमा रहेका भट्टराईले शनिबार राति ट्वीट गर्दै विगतको समीक्षा नगरी सांसदको टाउको गन्ने खेलतिर लाग्नु विडम्बनापूर्ण हुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘आइन्सटाइन भन्थे–पुरानै कुरा दोहोर्याउनु अनि नयाँ परिणाम खोज्नु पागलपन हो ! संसद पुनःस्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ ! सबैले आत्मसमीक्षा गर्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *