काठमाडौं । परराष्ट्र मन्त्री एवं नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुन:स्थापनापछि संसदमा सांसदहरूको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्।
नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरूको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताएका हुन्।
उनले प्रतिनिधिसभा पुन:स्थापना भएपछि यस्तो खतरा बढेको बताए।
मन्त्री ज्ञवालीले देशभित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए।
सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन सिफारिस भएको उनले बताए।
