कांग्रेसले संसदमा हुने प्रतिनिधित्वको आधारमा रणनीति बनाउँछः महामन्त्री कोइराला

वाग्मती । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा बनाइनसकेको बताएका छन् ।

शनिबार रेडियो मकवानपुरको हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा महामन्त्री कोइरालाले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।” महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *