पिएसएल खेल्न सन्दीप पाकिस्तान प्रस्थान

प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग(पिएसएल) खेल्न पाकिस्तान प्रस्थान गरेका छन् । सन्दीप कतार एयरवेजको विमानबाट कतार दोहा हुँदै आजै कराँची पुग्नेछन् ।

सन्दीपले यस सिजनपनि लाहोर कलान्दर्सबाट पिएसएल खेल्नेछन् । लाहोरका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय खेल खेल्न अफगानिस्तान जानु परेपछि लाहोरले सन्दीपलाई अनुबन्ध गरेको हो । जारी प्रतियोगितामा लाहोर ३ खेलमा २ जित र १ हारको नतिजा निकाल्दै लिगको तेस्रो स्थानमा छ ।

सन् २०१९ मा पनि लाहोरबाट खेलेका सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *