चुनाव भए विदेशमा रहेका ५० हजार नेपालीले बैशाखमा भोट हाल्न नपाउने

  • 25
    Shares

काठमाडौँ । यस पटकको निर्वाचनमा पनि विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने भएका छन् । आगामी वैशाखमा हुनेसक्ने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउनुपर्ने आवाज उठे पनि कानुनी रूपमा अझै यो विषय सम्बोधन हुन सकेको छैन ।

अहिलेसम्म कानुन निर्माण नभएकाले विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । विदेशमै रहेकालाई मतदानमा सहभागी बनाउन निर्वाचन आयोगले कुनै तयारी गरेको छैन । रोजगारी, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि औपचारिक र अनौपचारिक रूपमा गएका ५० लाख हाराहारीमा नेपाली विदेशमा छन् ।

पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङले कानुन बनाएर विदेशमा रहेकालाई मतदानमा समेट्नुपर्ने बताए । उनले भने, “यसको व्यवस्था संविधान र कानुनमा नै गर्नुपर्छ ।” उनले राजनीतिक दलहरू सहमत भएर कानुन निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने बताएकाे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा सहभागी बनाउनका लागि कानुन र संरचना अभाव रहेको बताउँदै भने, “त्यसलाई व्यवस्थापन गर्ने कानुन पनि छैन ।”


  • 25
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *