एसि मिलानमाथि इन्टरको शानदार जित

प्रज्जवल थापा । इटालियन लिग सिरि ए अन्तर्गत भएको मिलान डर्बीमा इन्टर मिलान विजयी भएको छ । आइतबार राति भएको खेलमा इन्टर मिलानले एसि मिलानमाथि ३-० गोलको शानदार जित निकालेको हो ।

सान सिरोमा भएको खेलमा इन्टरलाई जित दिलाउन लौटारो मार्टिनेजले दुई र रोमेलु लुकाकुले एक गोल गरे । पाँचौ मिनेटमा लुकाकुको पासमा मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा अगाडि बढाएका थिए । ५७ औं मिनेटमा इभान पेरिसिकको पासमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए ।

६६ औं मिनेटमा पेरेसिकको पासमा लुकाकुले गोल गर्दै इन्टर मिलानलाई ३-० गोलको शानदार जित दिलाए । जितसँगै इन्टर मिलान २३ खेलमा ५३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *