बराबरीमा रोकियो बार्सिलोना

प्रज्जवल थापा । क्याल्टन क्लब बार्सिलोना स्पेनिस लिग ला लिगामा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको लागि लियोनल मेस्सीले गोल गर्दा काडिजको लागि एलेक्स फर्नान्डेजले गोल गरे । खेलको ३२ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । विपक्षी डिफेन्डरले पेड्रीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

यस्तै ८९ औं मिनेटमा एलेक्स फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै काडिजलाई बराबरीमा ल्याए । बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढे । बरबरीसँगै बार्सिलोना २३ खेलमा ४७ अङ्क जोड्दै तेस्रो स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *