सिमकोट। संसद बिघटनको मुद्दा अदालतबाट सुनुवाईको कार्य समेत टुङ्गिएर निर्णय आउने बेला भएको कारण नेपाली काँग्रेस अदालतको निर्णयलाई मान्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाहीले बताएका छन्।
जिल्ला दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा आज भएको सभालाई सम्बोधन गर्दै नेता शाहीले सो बताएका हुन।
कम्युनिष्टहरुले जनतालाई पिडा दिएकै कारण अहिले आफु दुई चिरा हुन पुगेको समेत उनले आरोप लगाए।
अदालतबाट आउने निर्णय नेपाली काँग्रेसका लागि शिरोधार्य हुने नेता शाहीले बताएका छन्।
कानूनी राज्यका कुरा गर्ने अदालतबाट आउने निर्णय मान्दैन भन्न कसैलाई नसुहाउने समेत नेताी शाहीले बताए ।
अब चाँडै अदालत जुन निर्णय गर्छ काँग्रेस त्यस अनुसारको रणनीतिमा लाग्नु पर्ने उनले बताए।
पदकै लागि कम्युनिष्टहरुले संसदको पुरा अवधि पुग्न नदिएको समेत उनले सभालाई बताएका थिए ।
नेपाली जनताले कम्युनिष्टलाई दुई तिहाई नजिकको मत दिए पनि त्यसको बर्तमान सरकारले सदुपयोग गर्न नसकेर देशलाई अराजकता मचाउने कार्य भएको उनले आरोप लगाए।
एक अर्को प्रसंगमा नेता शाहीले कर्णाली करिडोर चाँडो सम्पन्न गर्नेतर्फ सवै लाग्नु पर्ने बताए।
