काठमाडौँ । साताको पहिलो दिन नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आठ सय रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
गत साताको शुक्रबार छापावाला सुनको मूल्य ८८ हजार दुई सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य तोलामा पनि आठ सय रुपैयाँले बढेर ८८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
