जनकपुर । नाता सम्बन्ध कायम गरि पाउँ भनि जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएकी महिला मृत फेला परेकी छन् ।
झापाकी ३५ वर्षीया समीक्षा पोखरेल पाण्डेको शव नमस्कार होटेलको कोठा नं. ११३ मा झुण्डिएको अवस्थामा फेला परेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित नमस्कार होटेलमा उनी मृत फेला परेकी हुन् ।
उनले भने, ‘उनी जनकपुरधामकै युवकसँग लिभिङ्ग टुगेदर थिइन्।’
मृत फेला परेकी महिलाकाे पूर्व पतिसँग पारपाचुके भएकाे र आफूभन्दा करिब १५ वर्ष कम उमेरका युवकसँग सम्बन्धमा रहेको खुलेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।
उनले नाता सम्बन्ध कायम गरि पाउँ भनी प्रहरी कार्यालयमा निवेदन दिएको रानाभाटले बताए।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।
