अस्ताल भर्ना भएका पितालाई भेट्न बेलायती राजकुमार चार्ल्स सेन्ट्रल लण्डन स्थित अस्पताल गएका छन्।
राजकुमार फिलिपको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेन्ट्रल लण्डन स्थित किङ्ग एड्वार्ड सातौँ अस्पतालमा भर्ना गरिएको हो ।
महारानी एलिजाबेथ द्वितियका पति राजकुमार फिलिपलाई सावधानी स्वरुप अस्पताल लगिएको राजदबारले जनाएको छ । ९९ वर्षका ड्युक अफ एडिबर्गलाई मंगलबार बेलुका अस्पताल भर्ना गरिएको बकिङ्घम दरबारले जनाएको छ ।
पितालाई भेट्न प्रिन्स अफ वेल्स शनिबार अस्पताल गएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
राजकुमार फिलिप कार मार्फत अस्पताल गएको स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । डाक्टरको सल्लाहमा सावधानीका लागि राजकुमार फिलिपलाई भर्ना गरिएको उल्लेख छ । उनी अझै केही दिन अस्पतालमै रहने छन् ।
केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएको भए पनि कोरोना भाइरसको संक्रमण भने नरहेको स्रोतले बताएको बिबिसीले जनाएको छ ।
