काठमाडौँ। दे शका अधिकांश क्षेत्रको मौसम आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा छ ।
कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेका कारण देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने भएको हो ।
आज दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै राति प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
