प्रज्जवल थापा । लिभरपुलले प्रिमियर लिगमा लगातार तेस्रो हार बेहोर्दा एभर्टनले २२ वर्षपछि एनफिल्डमा विजयी हात पारेको छ । शनिबार राति भएको खेलमा एभर्टनले लिभरपुललाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचार्लिसन र ग्यल्फी सिगुर्डसन एक/एक गोल गरे । खेलको तेस्रो मिनेटमा हमेस रोड्रिग्वेजको पासमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई खेलमा अगाडि बढाएका थिए । ८३ औं मिनेटमा ग्यल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई २-० गोलको शानदार जित दिलाए ।
जितसँगै एभर्टन २४ खेलमा ४० अङ्क जोड्दै सातौं स्थानमा रहेको छ । पराजित लिभरपुल २५ खेलमा समान अङ्कको साथ छैटौं स्थानमा यथावत छ ।
