प्रज्जवल थापा । क्याल्टन क्लब बार्सिलोनालाई आज काडिजले आफ्नो चुनौती पेश गर्दैछ । स्पेनिस लिग ला लिगा अन्तर्गत हुने खेल नेपाली समय अनुसार बेलुकी ६:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदान क्याम्प नोउमा हुने खेल जित्दै बर्सिलोना लिगमा आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । बार्सिलोनाले लिगको पछिल्लो ११ खेलमा हार बेहोरेको छैन । डिसेम्बरमा काडिजसँगै २-१ गोलले पराजित भएयता बार्सिलोनाले लिगमा अपराजित छ । तर मंगलबार च्यम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोमाले पिएसजीसँग ४-१ गोलको लज्जास्पद हार बेहोरेको थियो । घरेलु लिगमा बार्सिलोना २२ खेलमा ४६ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ ।
यता काडिजपनि आजको खेलमा जित हात पार्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल काडिज २३ खेलमा २४ अङ्क जोड्दै १५ औं स्थानमा रहेको छ । काडिज लिगको पछिल्लो सबै ४ खेलमा पराजित भएको थियो । त्यसैलेपनि काडिज आजको खेल जित्दै आफ्नो जितविहिन यात्रालाई पुर्णविराम लगाउन चाहन्छ ।
