प्रतिनिधिसभाको विघटन गलत मनसायबाट प्रेरितः वरिष्ठ नेता पौडेल

इनरुवा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको बिघटन असल मनसायबाट नभएको बताएका छन् । नेपाली कांग्रेस सुनसरीद्वारा शनिबार सदरमुकाम इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा पौडेलले सरकारले प्रतिनिधिसभाको बिघटन गरेर नेपाली कांग्रेसले अब दुई तिहाइ बहुमत ल्याउँछ भन्ने उद्देश्यले नगरेको बताएका हुन् ।

पौडेलले कांग्रेसमा पटक–पटक दुई वटा धार हुँदै आएको उल्लेख गर्दै पार्टीमा दुई वटा धार भएपनि सबै एकै ठाउँमा आउने भएकाले नआत्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कम्युनिष्ट पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु उपयुक्त नभएको भन्दै अदालतले जे निर्णय गर्छ कांग्रेसले त्यसलाई मान्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *