शिव परियारको ‘जिन्दगी तिम्रो र मेरो गीत..’

गायक शिव परियार र बानिका प्रधानको स्वर रहेको ‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा हरिभक्त वुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको छ ।

पहिलो पुस्ता र दोश्रो पुस्ताको प्रेम समेटिएको भिडियोमा रिता कट्टेल, इन्जामम अली खान, सुप्रिया खानाल र जेरी साउदको अभिनय छ । दिवाकर भट्टराइले यो भिडियोको निर्देशन गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *