रसुवागढी नाका जोड्ने सडकखण्डको स्तरोन्नतिको काम १५ प्रतिशत सम्पन्न

रसुवा । रसुवागढी नाका जोड्ने मैलुङ-स्याफ्रुबेंसी सडकखण्डको स्तरोन्नतिको काम १५ प्रतिशत सकिएको छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको यो सडकखण्डको स्तरोन्नतिको काम गएको तिहारपछि सुरु भएको थियो ।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने गरी काम सुरु गरेको हो । योजनाले पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम गरिरहेको छ । सडक चौडा बनाउने काम ६५ प्रतिशत सकिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

काम सुरु भएपछि समस्या नआएका कारण स्तरोन्नतिले गति लिएको उहाँको भनाइ छ । ‘अहिले स्तरोन्नति भएको सडक बर्खामा कति जोगाउन सकिन्छ भनेर आँकलन गर्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘अहिले निर्माण कार्यमा कुनै पनि अवरोध छैन ।’ मैलुङदेखि स्याफ्रुबेंसीको दूरी १९ किलोमिटर रहेको छ । २०७५ साल जेठ ६ गते मैलुङ-स्याफ्रुबेंसी सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *