जनकपुर। प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरिएका तिलक परियारले अदालत जाने निर्णय गरेका छन्।
शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखबाट पदमुक्त गरेपछि उनले अदालत जाने निर्णय गरेका हुन्।
उनका अनुसार राष्ट्रपति कार्यालयबाट प्रदेश प्रमुखको पदबाट मुक्त गरिएको पत्रसमेत आइसकेको छ।
उनले प्रदेश प्रमुखको रुपमा आफ्नो कार्यसम्पादनमा कुनै विवाद नभए नि गुट-उपगुटको राजनीतिमा आशंकाको भरमा पदमुक्त गरिएको आरोप लगाए।
