ओली सरकारमा गृहमन्त्री बनेर जान लागेको भन्दै मेरो चरित्र हत्याको दुष्ट प्रयत्न भयोः उपाध्यक्ष गौतम

काठमाडौं । नेकपाका उपाध्यक्ष एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेर जान लागेको भन्ने खबरको खण्डन गरेका छन् ।

शुक्रबार साँझ विज्ञप्ति जारी गरी गौतमले आफ्ना्े चरित्र हत्या गर्ने दुष्ट प्रयत्नबाट हल्ला चलाइएको भन्दै भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेका हुन् ।

गौतमले विज्ञप्तिमा भनेका छन्, ‘मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ । केही संचार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री वनेर वामदेव जाँदैछन् भन्ने गÞलत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ । मेरा सवै मित्रहरुलाई यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नु हुन हार्दिक अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *